हिरामन्डी बन्यो भारतमा सबैभन्दा धेरै हेरिएको वेब सिरिज
नयाँ दिल्ली । यो ओटीटीको युग हो । मानिसहरू हलमा गएर फिल्म हेर्नु भन्दा घरमै बसेर ओटीटीमै फिल्म, वेब सिरिज हेर्न बढी मन पराउँछन् । हलमा फ्लप भएका केही फिल्मले ओटीटीमा दर्शकको राम्रो माया पाएको छ । पछिल्लो समय नाम चलेका निर्देशकहरूले पनि ओटीटीका लागि कन्टेन्ट बनाउन थालेका छन् । हालै निर्देशक सञ्जय लिला भन्सालीको वेब सिरिज हिरामन्डी नेटफ्लिक्समा रिलिज भएको थियो । १२ दिनमा यो वेब सिरिजले ३ करोड ३० लाख भ्युज पाएको छ ।
भारतमा सबैभन्दा धेरै हेरिएको वेब सिरिजको नाम गुगलमा खोज्दा जवाफ सञ्जय लीला भन्सालीको ‘हिरामण्डीः द डायमन्ड बजार’ आउँछ । भर्खरै रिलिज भएको हिरामण्डी अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको वेब सिरिज बनेको छ । नेटफ्लिक्समा हिरामन्डीले शानदार डेब्यू गरेको थियो । रिलिजको दुई हप्ता पूरा नहुँदै यो सबै भन्दा धेरै हेरिएको भारतीय वेब शृङ्खला बनेको छ ।
हिरामन्डीमा भारतको स्वतन्त्रतापूर्वको युग खासगरी सन् १९२० र १९४० को बिचको कथा छ । यसमा हिरामण्डीका नगरबधुहरूको जीवनलाई देखाइएको छ । तिनीहरूको जटिल सम्बन्ध र त्यतिबेलाको सामाजिक र राजनीतिक गतिशीलतालाई उजागर गरेको छ । बेलायती साम्राज्य र स्वतन्त्रताको लडाइँलाई पनि यसमा देखाइएको छ ।
वेब सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, शर्मिन सहगल र सञ्जीदा शेख जस्ता कलाकारको अभिनय रहेको छ । सिरिजमा फरदीन खान, तह शाह बदुशा, शेखर सुमन र अध्ययन सुमनको पनि महत्त्वपूर्ण भूमिका छ । हिरामान्डीले नेटफ्लिक्समा मात्रै होइन ४३ देशमा शीर्ष १० चार्टमा पनि छ । ८ भागको यो वेब सिरिजले भव्य सेट डिजाइन, जटिल पोसाक र एक फरक कन्टेटका लागि वाहवाही पाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण