राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताबिचको छलफल सकिएको छ । संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
'प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको छु। म समस्या समाधानतर्फनै उन्मुख छु, तपाईँहरूले सहयोग गर्नुपर्यो भन्नुभयो' लेखकले भने 'नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने तयारी छ । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिनुस् भन्नुभएको छ । प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ ।'
संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए।
कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण