५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चितता गरिने
मङ्गलबार, ०१ जेठ २०८१, १६ : ५२
काठमाडौँ । आगामी ५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै ५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गर्ने बताएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा जाने प्रेरित गरिने बताए ।
विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक अनौपचारिक शिक्षा प्रदान गरिने बताए । प्रारम्भिक तथा बालविकास शिक्षा प्रणालीमा परिमार्जन गरिने सरकारको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण