बानेश्वरमा एमाले संसदीय दलको बैठक
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । बुधवार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली काँग्रेसले संसद् बैठक र सडक सङ्घर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा गिरीबन्धु टी स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।
बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री युवराज खतिवडा पनि सहभागी छन् । पोखरेल र खतिवडा भने सांसद होइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण