झिनो अंकले नेप्से सूचक बृद्धि, ४ अर्ब २३ करोड माथिको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबारका दिन बिहीबार सामान्य अंकले नेप्से सूचक बढेको छ । अघिल्लो दिन ९.५४ अंकले घट्दै २ हजार १७ अंकमा झरेको नेप्से सूचक आज ०.७९ अंकले बढ्दै २ हजार १८.७६ अंकमा उक्लिएको हो ।
तथापि, आज ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बराबरको ८२ लाख ८२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
आज माइक्रो फाइनान्स र अन्य समूह उपसूचक वृद्धि भएको छ भने बाँकी ११ वटा उपसूचकहरू ऋणात्मक भएका छन् । सबैभन्दा बढी ३.८० प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक ०.२२ प्रतिशतले बढेको छ ।
फाइनान्स समूहको उपसूचक १.४५ प्रतिशतले घट्दा अरू उपसूचकहरू १ प्रतिशत कमले ऋणात्मक भएका छन् ।
आज हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने माण्डू हाइड्रोपावर र पिपुल्स पावरको सेयर मूल्य क्रमशः ५.७६ प्रतिशत र ५.२६ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण