ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने
काठमाडौँ । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।
ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रा.लि.का तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण