लामिछानेको अभिव्यक्तिले कार्यदल बैठक अनिश्चित
काठमाडौँ । सहकारी छानबिन समितिको कार्यक्षेत्र तय गर्न गठित कार्यदलको बैठक अनिश्चित भएको छ । आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफ्नो कुरा राखेपछि पुन: बसेर छलफल गर्ने तय भएपनि अहिलेसम्म कार्यदलको बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरूले बताएका छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिले पूर्व सहमतिलाई भड्काउने काम गरेको जनाएको छ ।
‘विश्वासको वातावरण बन्दै थियो तर गृहमन्त्रीको उत्तेजक र अमर्यादित अभिव्यक्तिले माहौल बिग्रेको छ’, कार्यदल सदस्य समेत रहेका कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, आइतबार साँझ नै बस्ने भनिएको कार्यदल बैठकबारे अहिलेसम्म कुनै निधो छैन ।’
नेता परियारले अव कार्यदल बैठक बसेपनि बसेपनि पार्टीभित्र छलफल गरेर मात्रै आफूहरू बैठकमा जाने बताए । अहिले कांग्रेसले संसदीय दल कार्यसमिति बैठक बसिरहेको छ । कार्यसमिति बैठकपछि संसदीय दलको बैठक बस्दै छ । दलको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिने कि नदिने भन्ने निर्णय गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यदल सदस्य शिशिर खनालले कार्यदलको बैठक आइतबार बेलुका नै बस्ने भनिएपनि सोमबार १० बजेसम्म कुनै सुरसार नभएको बताए ।
कार्यदलको संयोजक एमाले नेतासमेत रहेका कानुनमन्त्री पदम गिरी छन् भने सदस्यहरूमा कांग्रेसका जीवन परियार, रास्वपाका शिशिर खनाल र एमालेका महेश बर्तौला रहेका छन् । आइतबार कार्यदलको बैठकमा समितिको कार्यक्षेत्रमा सहकारी प्रकरणको छानबिनका लागि गृहमन्त्री लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमा सत्ता र प्रतिपक्षबिच कुरा मिलेको थिएन । यद्यपि दुवै पक्षले छलफल सकारात्मक भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण