महाकालीमा बेपत्ता किशोरको खोजीमा गोताखोर परिचालन
कालीगण्डकीमा हामफालेका पुरुषको अवस्था पनि अज्ञात
सोमबार, ०७ जेठ २०८१, १६ : ०२
काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ ढकना स्थित महाकाली नदीमा बेपत्ता भएका किशोरको खोजीमा गोताखोर परिचालन गरिएको छ । नारायणी चौराहा घर भएका १६ वर्षीय विष्णु सुनार जेठ ५ मा नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् ।
उनको खोजीमा नम्बर–७ वैद्यनाथ बाहिनी अत्तरियाबाट गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
स्याङ्जाको गल्याङ नगरपालिका–५ स्थित कालीगण्डकीमा हामफालेका टेक प्रसाद डुम्रेको अवस्था अज्ञात छ । बालिङ नगरपालिका–१४ घर भएका ५६ वर्षीय डुम्रेको खोजीमा पनि गोताखोर परिचालन गरिएको छ । आइतबार बिहान उनी नदीमा हामफालेका हुन् । उनको खोजीमा नम्बर–२४ कालिका गण कास्कीबाट गोताखोर पठाइएको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण