यो साता : लोकदेखि पपसम्म भित्रिए यस्ता गीत
काठमाडौं –‘गीत सं लगानी गर्नेको संख्या दिन प्रतिदिन बाक्लिदै छ । दैनिक यहाँ एकदेखि ४ वटासम्म गीत सार्वजनिक हुने गरेका छन् । तर चर्चा र लगानी सुरक्षित कमैले मात्र गर्ने गरेका छन् । यो साता पनि बजारमा लोक देखि आधुनिकसम्म बिभिन्न खालका गीत संगीत सार्वजनिक भए ।
त्यस्तै सार्वजनिक गतिका म्युजिक भिडियोमा पनि बिभिन्न प्रयोग भए । केही रमाइलो भिडियो बनेको देखियो भने केही सर्ट चलचित्र स्टाइलमा भिडियो समेत सार्वजनिक भए । यस्ता छन्, यो साता बजारमा भित्रिएका गीतसंगीतः
‘हावा’
गायिका प्राश्ना शाक्यको ‘ ए हावा’ गीत सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्द र उदयराज पौडेलको एरेन्जमेन्ट छ । गीतको भिडियो पनि बनेको छ । युवराज वाईबाको निर्देशनमा बनेको भिडियो उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोमा अनिल र श्वेताको अभिनय छ ।
‘अल्लारे जोबनामा..’
गायक टंक बुढाथोकीले नयाँ गीत ‘अल्लारे जोवन’ सार्वजनिक गरेका छन् । गीतमा टंकसँग अन्जु पन्तको स्वर छ । उत्तम भण्डारीको शब्द, संगीतमा तयार भएको गीतको एरेन्ज तथा मिक्सिङ टंकले नै गरेका हुन् । गीतको भिडियोमा गम्भिर बिष्ट र रोहनी लामा नृत्य देख्न सकिन्छ । भिडियो गम्भिरले नै निर्देशन गरेका हुन् ।
‘अब रोएर हुँदैन , कराएर हुँदैन’
०७२ वैशाख १२ गतेको महाभुकम्पमा आफ्नो जन, धन, आफन्त गुमाउनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा समर्पित यो गीतमा स्वर दीपा पन्तको छ । शब्द ,संगीत राज कुमारले दिएका हुन् । गीत बैशाख १२ गतेकै मेसोमा सार्वजनिक गरिएको हो ।
‘पराई’
नव–गायिका अनिता कुँवरले ‘पराई’ बोलको गीत सार्वजनिक गरेकी छन् । गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत छ । गीतको भिडियो पनि बनेको छ । भिडियोमा गणेश अग्रवाल, सुर्जनी केसी र सुजता राउतको अभिनय छ । भिडियो सञ्जय पाण्डेयले निर्देशन गरेका हुन् ।
‘उज्यालोमै म हराएँ कसरी’
गायक कृष्ण राज मेन्याङ्गबोको स्वर रहेको यो गीतको भिडियो पनि बनेको छ । भिडियोमा नायिका रञ्जिता लिम्बु र राजु श्रेष्ठको अभिनय रहेको छ । गीतमा जानु काम्बाङ लिम्बुको शब्द तथा हरि लम्सालको संगति छ ।
‘कुन गीत गाउँ’
गायिका सरु गौतमले आफ्नो जन्मदिनको अबसरमा यो गीत सार्वजनिक गरेकी हुन् । गीतको भिडियो पनि बनेको छ । भिडियोमा अभिनेत्री सञ्चिता लुइटेल तथा नयन डिसीको अभिनय छ । तारा पराजुलीको शब्द तथा भिम बिसिको संगीत रहेको गीतको भिडियो नयन डिसीले नै निर्देशन गरेका हुन् ।
‘स्वार्थ तिम्रो’
गायक सिताराम पोखरेलले आफ्नो १७ औं म्युजिक भिडियो सार्वजनिक एसै साता गरे । रिमेश अधिकारीको शब्द तथा कर्ण राज कार्कीको संगीत रहेको गीत ‘स्वार्थ तिम्रो’मा सितारामले आवज भरेका छन् । भिडियोमा मोडल तथा नायिका अनु शाह, सिताराम पोखरेल, सुबास पराजुली, अर्जुन गौतम तथा बाल कलाकार प्रांस तिवारीको अभिनय देख्न सकिन्छ । जनकदिप पराजुलीको निर्देशन रहेको भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियो छोटो चलचित्र शैलीमा निर्माण गरिएको छ ।
‘केटा मै ध्यान जाने’
नेपाली लोकदोहोरी गीतमा माया प्रेम र मौलिक रचना श्रृङख्लाबद्ध रुपमा आगामन भैरहेको अवस्थामा कर्णविर शाहीको लोक सौगात ‘केटी मै ध्यान जाने’ बजारमा आएको छ । गायिका राधिका हमालको स्वर समेत रहेको गीतमा किशोर अवस्थामा रहेका केटाकेटीमा हुने मनोवैज्ञानिक भावलाई समेटिएको छ ।
काजिश श्रेष्ठको निर्देशनमा बनेको यो गतिको भिडियोमा करिष्मा ढकाल रोहन शङकर र युनिकको अभिनय देख्न सकिन्छ ।
‘लभ वेज’
एक दशक भन्दा लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका गायक अनिल लामाको पप गीति संग्रह लभ वेज र सेलो गीति संग्रह माउन्टेन हर्ट एकसाथ बजारमा आएका छन् । ‘लभ वेज’मा रहेको ‘शैलुंगे गाँऊको मैच्याङलाई’ बोलको गीतको म्यूजिक भिडियो समेत बनेको छ ।
टिका बोम्जनको रचना तथा संगीतमा रहेको गीतमाको भिडियोसोनाम पाख्रीन र बिनु शाक्यको अभिनय रहेको छ ।
‘ढल्कियो जोवन...’
हिजोआज लोकसंगीतले बजार लिइरहेको छ । नेपाली चलचित्रहरुमा समेत लोक गीतको ‘टे«ण्ड’ चलेको छ । यसैबेला गायिका मेनुका राई र युवा राईले पूर्वेली लोकभाका समेटेर ‘ढल्कियो जोवन...’ बोलको गीत ल्याएका छन् । प्रियजन राईको शब्द तथा कम्पोज रहेको गीतमा पूर्वेली लोक, माटो र संस्कृतिको सुगन्ध पाइन्छ । ‘ढक्कियो जोवन’ गीतको भिडियोलाई देबेन्द्र राई र देवमान तुम्बाहाम्फेले खिचेका हुन् भने सम्पादन डोलेन्द्र कटवालले गरेका हुन् । भिडियोमा गायिका मेनुका र युवालेले अभिनय गरेका छन् ।
‘मायाकै पिरलो ’
चर्चित लोक दोहोरी गायिका भुमिका गिरीले नयाँ लोकदोहोरी गीत ‘मायाकै पिरलो..’ पनि यसै साता आएको छ । आकर्षक भिडियो सहित आएको यो गीतामा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केसव बडुको संगीत संयोजन रहेको गीतमा भुमिका र भागिरथ चलाउनेको स्वर रहेको छ । जो कोहीलाई पनि मनछुने लोक शैलीको यो गीतमा गायक गायिकाले मायाको चिन्ता गरेका छन् । लोक गायक समेत रहेका रामजी खाँण र चलेकी मोडल रश्मी तामाङको अभिनय रहेको भिडियो निर्माण राम्रो तवरले गरिएको छ । राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाउँदा फस्यो पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण