गाजामा इजरायली बमबारी रोकेको प्रधानमन्त्री मोदीको दाबीमा अमेरिकाले के भन्यो ?
वासिङ्टन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रमजानको समयमा विशेष दूत पठाएर भारतले गाजामा इजरायली आक्रमण रोकेको दाबीमाथि अमेरिकी विदेश मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गरेको छ ।
दैनिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरलाई सोधिएको थियो – ‘प्रधानमन्त्री नरेन्द्र मोदीले हालै एक अन्तर्वार्तामा भनेका थिए कि उनले रमजानको पवित्र महिनामा गाजामा भएको इजरायली आक्रमणको बारेमा छलफल गर्न तेल अभीभमा विशेष दूत पठाएका थिए । के अमेरिकी विदेश मन्त्रालयलाई यो कुरा थाहा छ?’
यसबारे मिलरले भने, ‘मलाई यी भनाइहरूबारे जानकारी छ । तर म यसबारे टिप्पणी गर्दिनँ।’
इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘भर्खर गाजामा ... यो रमजानको महिना थियो...मैले आफ्नो विशेष दूतलाई इजरायलमा पठाएँ। मैले उनलाई इजरायलका राष्ट्रपति, प्रधानमन्त्री सबैसँग भेट्न भनेँ, उनीहरूलाई कम्तीमा रमजानमा गाजामा बमबारी नगर्नका लागि बुझाउनुहोस् भने र उनीहरूले पालना गर्न सक्दो प्रयास गरे।’
मोदीले भनेका थिए, ‘यहाँ मलाई मुसलमानको विषय लिएर घेर्नुहुन्छ, तर मोदी रमजानको महिनामा गाजामा बमबारी... तर म त्यसको प्रचार गर्दिनँ किनभने यसका लागि धेरैले प्रयास गरेको हुनुपर्छ ।’
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण