कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा
काठमाडौँ । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् । उनी११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
गत वैशाख ३० गते आइतबार कामीरिताले २९ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए । उनी बुधबार बिहान ७ः४९ बजे फेरि सर्वोच्च शिखर पुगेको आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले जानकारी दिए ।
फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको सो कम्पनीले जनाएको छ ।
सोलुखुम्बु थामेका ५४ बर्सिया कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इन्डिया दुर्घटनाको एक वर्ष, सुल्झिएनन् यी छ प्रश्नको रहस्य
-
७७ वटै जिल्ला सदरमुकाममा पुग्यो फाइबर इन्टरनेट, अब सबै वडा तहमा विस्तार गरिने: मन्त्री तिमिल्सिना
-
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण