विश्वकपअघि अफगानिस्तानसँग जोडिए वेस्ट इन्डिजका ड्वेन ब्राभो
काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली पूर्वखेलाडी ड्वेन ब्राभो आगामी टी–२० विश्वकपका लागि अफगानिस्तानको टोलीसँग जोडिएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले ब्राभोलाई बलिङ कन्सलट्यान्टका रुपमा नियुक्त गरेको हो ।
टी–२० विश्वकपको नवौँ संस्करणमा सहभागी हुन अफगानिस्तानको टोली यसअघि नै सेन्ट किट्स एन्ड नेभिस पुगिसकेको छ । अफगानिस्तानले विश्वकपको बाँकी तयारी त्यहीँ गर्नेछ ।
४० वर्षीय ब्राभोले सेन्ट किट्स एन्ड नेभिसबाटै आफ्नो नयाँ जिम्मेबारी सुरु गर्नेछन् । टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।
वेस्ट इन्डिजले दुईपटक टी–२० विश्वकपको उपाधि जित्दा ब्राभो टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०२१ को टी–२० विश्वकपपछि उनले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिएका थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिए पनि उनले लामो समय टी–२० फ्रेन्चाइज लिग भने खेलेका थिए । ब्राभोले आगामी विश्वकपमा अफगानिस्तानको टोलीलाई उत्कृष्ट नतिजा दिलाउन सक्दो प्रयास गर्ने बताएका छन् ।
ब्राभो टी–२० क्रिकेटमा पाँच सय विकेट पुरा गर्ने विश्वकै पहिलो बलर पनि हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ७४ पालीमा कुल एक हजार दुई सय ५५ रन बनाएका छन् ।
उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ विकेट पनि लिएका छन् । उनले टी–२० क्रिकेटमा हालसम्म कुल ६ सय २५ विकेट लिइसकेका छन् । उनको नामसँग थुप्रै कीर्तिमान पनि जोडिएको छ ।
आगामी टी–२० विश्वकपमा वेस्ट इन्डिज समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा पनि रहेका छन् । वेस्ट इन्डिजले आफ्नो पहिलो खेल जुन २ तारिखमा पपुवा न्यु गिनीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण