वेलकम ३ बाट बाहिरिए सञ्जय दत्त
नयाँ दिल्ली । बलिउड स्टार अक्षय कुमारले एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेका छन् ।
अहिले उनी ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो भाग ‘वेलकम टु द जंगल’का लागि चर्चामा छन् । फिल्ममा अक्षय कुमारसँगै सुनील शेट्टी, परेश रावल, अरशद वारसी, लारा दत्ता, श्रेयस तलपदे, रविना टन्डनलगायत कलाकारहरू छन् ।
फिल्ममा सञ्जय दत्त पनि थिए । यद्यपि उनी अहिले यो फिल्मको हिस्सा छैनन् । पिंकभिलाको समाचार अनुसार सञ्जय दत्तले आफ्नो स्वास्थ्य समस्याका कारण यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए । अभिनेतालाई फिल्ममा एक्सन सिक्वेन्स छायाङ्कनमा कठिनाइ भइरहेको थियो ।
बलिउड हंगामाको समाचारमा भने सञ्जय दत्तले समय नमिलेपछि फिल्म अस्वीकार गरेको बताइएको छ । उनले यसबारे अक्षय कुमारलाई पहिल्यै बताइसकेका थिए । फिल्ममा सञ्जय दत्तको महत्त्वपूर्ण भूमिका थियो । यसका साथै उनले केही पार्ट सुट पनि गरिसकेका थिए । तर, बिचमा उनले फिल्मबाट हात झिके । यसबारे निर्माताहरूबाट अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।
यो फिल्मले दर्शकलाई त हँसाउने छ नै यस अघि कहिले फ्रेन्चाइजीमा देख्न नपाइएको एक्सन सिन पनि हेर्न पाइने बताइएको छ । मिडिया रिपोर्टका अनुसार निर्माताहरू केही फरक र केही नयाँ ट्रिकहरु जोडेर यो फिल्मलाई निकै शक्तिशाली बनाउन चाहन्छन् । फिल्ममा पावर प्याक्ड एक्सन सिक्वेन्सका लागि २०० घोडा पनि भाडामा लिइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण