शपथ बहिष्कार गरेका शाह मन्त्री बन्दै
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यसअघि शपथ बहिष्कार गरेका नेकपा एमाले सांसद विनोदकुमार शाहलाई मन्त्री बनाउने भएका छन् ।
कँडेलले शाहलाई पुनः भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्न लागेका हुन् । शाहको शपथ बुधबार दिउँसो साढे ३ बजे राखिएको छ ।
शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।
प्रदेशमा कँडेल र शाहबिच गुटको राजनीति छ । शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल गर्न काठमाडौँ गएका थिए । तर, पार्टी केन्द्रले कुनै निर्देशन नदिएपछि मुख्यमन्त्री कँडेलले शाहको नाम मन्त्रीको लिस्टबाट हटाएर उक्त मन्त्रालय आफैसँग राखेका थिए ।
एमाले स्रोतका अनुसार कँडेलले पुनः शाहलाई बुधबार मन्त्री बनाउन लागेका छन् । कँडेलले शाहलाई सरकारमा नलिए असहयोग हुने देखिएपछि मन्त्री बनाएको स्रोतको दाबी छ । शाहले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण