शपथ बहिष्कार गरेका शाह मन्त्री बन्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यसअघि शपथ बहिष्कार गरेका नेकपा एमाले सांसद विनोदकुमार शाहलाई मन्त्री बनाउने भएका छन् ।
कँडेलले शाहलाई पुनः भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्न लागेका हुन् । शाहको शपथ बुधबार दिउँसो साढे ३ बजे राखिएको छ ।
शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।
प्रदेशमा कँडेल र शाहबिच गुटको राजनीति छ । शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल गर्न काठमाडौँ गएका थिए । तर, पार्टी केन्द्रले कुनै निर्देशन नदिएपछि मुख्यमन्त्री कँडेलले शाहको नाम मन्त्रीको लिस्टबाट हटाएर उक्त मन्त्रालय आफैसँग राखेका थिए ।
एमाले स्रोतका अनुसार कँडेलले पुनः शाहलाई बुधबार मन्त्री बनाउन लागेका छन् । कँडेलले शाहलाई सरकारमा नलिए असहयोग हुने देखिएपछि मन्त्री बनाएको स्रोतको दाबी छ । शाहले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ