रफाहमा यूएनले रोक्यो खानेकुरा वितरण
बुधबार, ०९ जेठ २०८१, १६ : २६
रफाह । दक्षिण गाजाको सहर रफाहमा खानेकुरा वितरण कार्य रोकिएको छ । आपूर्तिको अभाव र असुरक्षाका कारण खाद्यान्न वितरण रोकिएको संयुक्त राष्ट्र संघ (यूएन)ले जनाएको छ ।
प्यालेष्टाइनी शरणार्थीका लागि यूएनको एजेन्सी यूएनरवाले हमासविरुद्ध इजरायली सैन्य कारबाहीका कारण आफ्नो वितरण केन्द्र र विश्व खाद्य कार्यक्रमको गोदामहरुले अब खाद्यान्न वितरण गर्न नसक्ने चेतावनी दिएको थियो ।
मे ६ मा इजरायलले कारबाही शुरुगरेयता रफाहका १० लाखभन्दा धेरै मानिसमध्ये ८ लाख १० हजारले ठाउँ छाडेर भागिसकेको अनुमान गरिएको छ । आफ्नो स्वास्थ्य केन्द्रहरूले विगत १० दिनमा कुनै पनि मेडिकल सामानको आपूर्ति नपाएको यूएनरवाले भनेको छ ।
आफूले पठाएको ५९६ टन खानेकुरा र अन्य सहायता सामाग्री गाजा छिरेको नहुन सक्ने आशंका गरिएको अमेरिकाले बताएकै समयमा यो खबर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण