आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा उड्ने कार प्रदर्शन

बुधबार, ०९ जेठ २०८१, १६ : ३३
बुधबार, ०९ जेठ २०८१

टोकियो । उड्ने कारको चर्चा चलेको निकै समय भइसकेको छ । पछिल्लो समय कयौँ देश कम्पनीहरू यो कार बनाउन लागि परेका छन् । 

जापानको राजधानी टोकियोमा अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा हेक्सा फ्लाइङ्ग कारको प्रदर्शन भएको छ । सो कार्यक्रममा उड्ने कारलाई हावामा उडाएर देखाइएको थियो । टोकियो बिग साइट कन्भेन्सन सेन्टरको क्याम्पसमा सयौँ मानिसहरूको सामुमा यो कार जमिनबाट करिब १० मिटरमाथि सम्म उडेको थियो । 

यो विद्युतीय उड्न कारलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इंकले बनाएको हो । यसमा १८ ओटा प्रोपेलर छन् । यसमा एक पटकमा एक जना मात्रै बस्न सक्छन् । यो ड्रोनकै ठूलो रूप हो । कार साढे ४ मिटर चौडा र २.६ मिटर अग्लो छ । यसको कूल तौल १९६ केजी छ । 

कम्पनीका अनुसार हेक्साको डेमो पुनः गरिनेछ । आगामी शनिबार, बुधबार र बिहिबार तीन दिनसम्म हरेक दिन १५  मिनेटको सेसन हुनेछ । धेरैभन्दा धेरै मानिसहरूले यो अत्याधुनिक प्रविधिको प्रयोग गरुन भन्ने आफ्नो चाहना भएको पहिलो उडानको बेलामा टोकियोकी गभर्नर युरिको कोइकेले भनेकी थिइन् ।

 यातायात व्यवस्थालाई झनै राम्रो बनाउन उड्न कारलाई परिवहनको सामान्य साधन बनाउन आफू उत्सुक रहेको पनि उनले बताइन् । जापानले छिट्टै नै उड्ने कार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका  लागि सुजुकी र स्काइड्राइभ लगायत कम्पनीहरूले पनि प्रयास गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप