अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा उड्ने कार प्रदर्शन
टोकियो । उड्ने कारको चर्चा चलेको निकै समय भइसकेको छ । पछिल्लो समय कयौँ देश कम्पनीहरू यो कार बनाउन लागि परेका छन् ।
जापानको राजधानी टोकियोमा अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा हेक्सा फ्लाइङ्ग कारको प्रदर्शन भएको छ । सो कार्यक्रममा उड्ने कारलाई हावामा उडाएर देखाइएको थियो । टोकियो बिग साइट कन्भेन्सन सेन्टरको क्याम्पसमा सयौँ मानिसहरूको सामुमा यो कार जमिनबाट करिब १० मिटरमाथि सम्म उडेको थियो ।
यो विद्युतीय उड्न कारलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इंकले बनाएको हो । यसमा १८ ओटा प्रोपेलर छन् । यसमा एक पटकमा एक जना मात्रै बस्न सक्छन् । यो ड्रोनकै ठूलो रूप हो । कार साढे ४ मिटर चौडा र २.६ मिटर अग्लो छ । यसको कूल तौल १९६ केजी छ ।
कम्पनीका अनुसार हेक्साको डेमो पुनः गरिनेछ । आगामी शनिबार, बुधबार र बिहिबार तीन दिनसम्म हरेक दिन १५ मिनेटको सेसन हुनेछ । धेरैभन्दा धेरै मानिसहरूले यो अत्याधुनिक प्रविधिको प्रयोग गरुन भन्ने आफ्नो चाहना भएको पहिलो उडानको बेलामा टोकियोकी गभर्नर युरिको कोइकेले भनेकी थिइन् ।
यातायात व्यवस्थालाई झनै राम्रो बनाउन उड्न कारलाई परिवहनको सामान्य साधन बनाउन आफू उत्सुक रहेको पनि उनले बताइन् । जापानले छिट्टै नै उड्ने कार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका लागि सुजुकी र स्काइड्राइभ लगायत कम्पनीहरूले पनि प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण