आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

प्रहरी र सशस्त्रको अस्पताल सुधार गर्न गृह मन्त्रालयले बनायो समिति

बुधबार, ०९ जेठ २०८१, १७ : १७
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ अस्पताल रिफर्म गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

सहसचिव रुद्रप्रसाद पण्डितको सरुवा भएपछि प्रशासन महाशाखामा नयाँ सहसचिवको पदस्थापन भैसकेको छैन । समितिमा नेपाल प्रहरी अस्पतालमा कार्यरत डीआईजी डा.सुन्दरप्रसाद हैंजु, एपीएफ अस्पतालका प्रमुख डीआईजी डा.रूपक महर्जन, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप