प्रहरी र सशस्त्रको अस्पताल सुधार गर्न गृह मन्त्रालयले बनायो समिति
बुधबार, ०९ जेठ २०८१, १७ : १७
काठमाडौँ । नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ अस्पताल रिफर्म गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सहसचिव रुद्रप्रसाद पण्डितको सरुवा भएपछि प्रशासन महाशाखामा नयाँ सहसचिवको पदस्थापन भैसकेको छैन । समितिमा नेपाल प्रहरी अस्पतालमा कार्यरत डीआईजी डा.सुन्दरप्रसाद हैंजु, एपीएफ अस्पतालका प्रमुख डीआईजी डा.रूपक महर्जन, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण