दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस
बुधबार, ०९ जेठ २०८१, १८ : १९
काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले बुधबार ६ जनाको नाम सिफारिस गरेको हो ।
कार्यकारी निर्देशकका लागि पेस भएका आवेदकहरुको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ ।
एक नम्बरमा झापाका दुवागढीका–४ का निराज भट्टराई, दोस्रोमा सप्तरीको सम्भुनाथ नगरपालिका ३ का बालक चौधरी, तेस्रोमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० का डा. मोगल प्रसाद साह, चोथौमा सप्तरीका बर्नेनिर्या –७ का डा. राजेन्द्र प्रसाद यादव, पाँचौँमा काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोका राम प्रसाद पौडेल र गोरखाको जोवारी–६ का डा. सितलकाजी श्रेष्ठको नाम सिफारिस गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण