बैङ्किङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैङ्क
काठमाडौँ । बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ ११ गते निक्षेप सङ्कलन बोलकबोल मार्फत ७ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
पछिल्लो समय बैङ्किङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोहीअनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार जेठ ७ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ९४ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैङ्कहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैङ्कहरूसँग पर्याप्त तरलता रहेकैले अन्तर बैङ्क ब्याजदर २.९२ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैङ्किङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।
शुक्रबार ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन बोलकबोल गर्ने जनाएको केन्द्रीय बैंकले सोही दिन निष्कासन गर्नेछ । इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण