बैङ्किङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैङ्क
![बैङ्किङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैङ्क](https://npcdn.ratopati.com/media/news/rastra-bank_3ksrl755yk_F6wFDvXguL.webp)
काठमाडौँ । बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ ११ गते निक्षेप सङ्कलन बोलकबोल मार्फत ७ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
पछिल्लो समय बैङ्किङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोहीअनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार जेठ ७ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ९४ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैङ्कहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैङ्कहरूसँग पर्याप्त तरलता रहेकैले अन्तर बैङ्क ब्याजदर २.९२ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैङ्किङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।
शुक्रबार ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन बोलकबोल गर्ने जनाएको केन्द्रीय बैंकले सोही दिन निष्कासन गर्नेछ । इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट
-
पुल बनाउन खनेको खाल्टोमा डुबेका बालक र झरनाबाट खसेका व्यक्तिको शव फेला
-
चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्य अपरिहार्य : प्रधानमन्त्री
-
“लगानी सहजीकरण सम्बन्धी विधेयक” प्रतिनिधि सभामा प्रस्तुत
-
राज्यव्यवस्था समितिमा एनजीओको खाजा, गृहमन्त्री लामिछानेको बहिष्कारपछि बैठक नै स्थगित
-
मधेसमा शान्ति सुरक्षा कमजोर भएको भन्दै सरकारको ध्यानाकर्षण