बारा र पर्साका सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द
वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् । पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेस प्रदेशसँग जोडिएका सीमा नाका ४८ घण्टासम्म बन्द हुने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्सा र बाराले बिहारसँग जोडिएका सीमा नाकाहरू बन्द रहने सूचना प्रकाशित गरेका छन् । ५ फागुनमा बसेको सुरक्षा समितिको बैठकले बिहारसँग सीमा जोडिएका नाकाहरू ४८ घण्टा बन्द गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम पर्सा र बाराका सीमा नाका बन्द गर्न लागिएको पर्साका सीडीओ दिनेशसागर भुसालले जानकारी दिए । उनले भने, ‘चुनावको ४८ घण्टा अघिदेखि वारिपारिका सीमामा सुरक्षाकर्मी तैनाथ रहन्छन्, सीमा नाका बन्द रहन्छ, त्यतिमात्रै नभई गोरेटो बाटोदेखि सानो नाकासमेत बन्द रहन्छ । यसको लागि पनि सार्वजनिक सूचना जारी गरिसकिएको छ ।’
बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बिहारको स्थानीय प्रशासनले गरेको पत्राचारअनुसार जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुका ६ बजेसम्म सीमा नाका बन्द रहने जानकारी दिए । नाका बन्द गरिए पनि अत्यावश्यक वस्तु वा सामान ल्याउन पाइने जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
लोकसभा चुनावका लागि बाराको ६२ किमी खुला सीमा नाका ४८ घण्टाका लागि बन्द रहनेछ भने पर्साका १०७ किलोमिटर क्षेत्रफलमा रहेको नाका बन्द रहनेछ । पश्चिमी चम्पारणका जिल्लामा यही १२ जेठ (२५ मे) मा लोकसभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण