ट्रेलरमा यस्तो देखियो दयाहाङको ‘गाउँ आएको बाटो’
काठमाडौँ । आगामी २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फिल्मको कथा झल्काउन खोजिएको छ । गाउँमा मोटरबाटो आएपछि बाबु र छोराबिचको सम्बन्धमा आउने उतारचढावको कथामा फिल्म बनेको हो । ट्रेलरमा पनि फिल्मको कथा बुझाउने खालका दृश्य समेटिएको छ । ट्रेलर हेर्दा फिल्मले भोजपुरको एक राई परिवारको कथा भन्ने अनुमान गर्न सकिन्छ ।
ट्रेलर दयाहाङ राई (बाबु) र बिन्द्रे (प्रसन राई) को वरपर घुमेको छ । अभिनेत्री पशुपति राई फिल्ममा दयाहाङकी पत्नीको रोलमा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । नवीन सुब्बा निर्देशित फिल्म आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्मस् र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा फिल्म बनेको हो ।
प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राईको समेत अभिनय रहेको फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा सहभागिता जनाएर अवार्ड जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण