तमिलनाडुमा स्मार्टफोन उत्पादन गर्दै गुगल
नयाँ दिल्ली । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले दक्षिण भारतको तमिलनाडु राज्यमा अर्बौँ डलर लगानी गर्दै छ । कम्पनीले स्मार्टफोन उत्पादन कारखाना खोल्न तमिलनाडुमा सो लगानी गर्न लागेको हो ।
अल्फाबेट इंकको सहायक कम्पनीले राज्यमा पिक्सेल फोन एसेम्बल गर्ने भएको छ । करारमा समान बनाइदिने ताइवानी कम्पनी फक्सकोन टेक्नोलोजी ग्रुपसँगको सहकार्यमा कम्पनीले नयाँ प्रडक्शन लाइन बनाउन लागेको बताइएको छ ।
अल्फाबेटको ड्रोन कम्पनी विङ्गले पनि तमिलनाडुमा ड्रोन असेम्बल गर्ने बताइएको छ । गुगलले भारतमा आफ्नो उत्पादन व्यवसाय विस्तार गरिरहेको छ । भूराजनीतिक तनावका कारण एप्पल लगायत अमेरिकी कम्पनीहरूले चीनको उत्पादन बेस अन्यत्र सारिरहेका छन् ।
यस्तोमा गुगलले पनि भारतमा लगानी बढाइरहेको हो । गुगलले गएको वर्ष भारतमा पिक्सेल ८ स्मार्टफोनको उत्पादन सुरु गर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण