तमिलनाडुमा स्मार्टफोन उत्पादन गर्दै गुगल

नयाँ दिल्ली । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले दक्षिण भारतको तमिलनाडु राज्यमा अर्बौँ डलर लगानी गर्दै छ । कम्पनीले स्मार्टफोन उत्पादन कारखाना खोल्न तमिलनाडुमा सो लगानी गर्न लागेको हो ।
अल्फाबेट इंकको सहायक कम्पनीले राज्यमा पिक्सेल फोन एसेम्बल गर्ने भएको छ । करारमा समान बनाइदिने ताइवानी कम्पनी फक्सकोन टेक्नोलोजी ग्रुपसँगको सहकार्यमा कम्पनीले नयाँ प्रडक्शन लाइन बनाउन लागेको बताइएको छ ।
अल्फाबेटको ड्रोन कम्पनी विङ्गले पनि तमिलनाडुमा ड्रोन असेम्बल गर्ने बताइएको छ । गुगलले भारतमा आफ्नो उत्पादन व्यवसाय विस्तार गरिरहेको छ । भूराजनीतिक तनावका कारण एप्पल लगायत अमेरिकी कम्पनीहरूले चीनको उत्पादन बेस अन्यत्र सारिरहेका छन् ।
यस्तोमा गुगलले पनि भारतमा लगानी बढाइरहेको हो । गुगलले गएको वर्ष भारतमा पिक्सेल ८ स्मार्टफोनको उत्पादन सुरु गर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा