संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिभाका सभामुख देवराज घिमिरेले संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाएपश्चात् संसद्मा बोल्दै सभामुखले यस्तो आग्रह गरेका हुन् ।
उनले संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गरे । उनले संसद्को कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।
उनले भने– ‘सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पुर्याउनु हुनेछ । संसद्ले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा गरेको छु । संसद्लाई विधि सङ्गत ढङ्गबाट छलफलको केन्द्र बनाऔँ । त्यहीअनुसार जानको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।’
सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूची हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्नेगरी स्थगित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण