लोसपाको सदस्यता वितरण अभियान सुरु
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सदस्यता वितरण अभियान सुरु गरेको छ ।
शुक्रबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी धनुषा जिल्लाबाट सदस्यता वितरणकाे अभियान सुरु गरिएको पार्टीका महासचिव सुरेन्द्रकुमार झाले बताए ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले अभियानको शुभारम्भ गरेका हुन् । धनुषा जिल्लामा नव प्रवेशीलाई सदस्यता वितरण गरी अभियानको सुरु गरिएको हो ।
लोसपाले महाधिवेशनलाई लक्षित गरी सदस्यता अभियान सुरु गरिएको छ । २०८२ मा महाधिवेशन गर्ने गरी तयारी सुरु गरिएको हो । पहिलो चरणमा मधेस प्रदेशमा यो अभियान सञ्चालन हुने र त्यसपछि अन्य जिल्लामा पनि जाने महासचिव झाले बताए ।
शुक्रबार सुरु गरिएको अभियान कार्यक्रममा पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनल, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, महासचिव सुरेन्द झालगायतका नेताहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण