बेलायती होष्टले प्रियाङ्कालाई चियाङ्का भनेपछि...
लन्डन । भारतकी देशी गर्ल प्रियंका चोपडा हालै लक्जरी ज्वेलरी ब्रान्ड बुल्गारीको १४० औँ वार्षिकोत्सव समारोहमा देखिएकी थिइन् । यस कार्यक्रममा प्रियंकाले बुल्गारीको ज्वेलरी लगाएकी थिइन् ।
उनको लुक सामाजिक सञ्जालमा भाइरल भएको छ । तर यसैबिच भाइरल भएको अर्को भिडियो देखेर भने उनका फ्यानहरू रिसाएका छन् ।
यो भिडियो मार्चतिरको हो । यसमा बेलायती टिभी होष्टले आफ्नो कार्यक्रममा प्रियंकाको नाम गलत उच्चारण गरेको सुनिन्छ । ती होष्टको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बेलायती टिभी होष्ट एन्डी पीटर्सले मार्चमा ‘गूड मर्निङ ब्रिटेन’ कार्यक्रमका लागि लन्डनको मैडद तुसाद म्युजियममा गएका थिए । कार्यक्रममा एन्डी म्युजियममा राखिएको सेलिब्रेटीहरूको मैनको मूर्तिसँग कुराकानी गरिरहेका हुन्छन् । यसैबिच उनी प्रियंकाको मूर्ति नजिक पुग्छन् । उनले प्रियंका चोपडालाई ‘चियांका चाप फ्रि’ भनेको सुनिन्छ । कयौं पटक प्रयास गर्दा पनि उनले प्रियंकाको सही नाम उच्चारण गर्न सक्दैनन् ।
प्रियंकाका फ्यानहरू यो भिडियो हेरेर भड्किरहेका छन् । एन्डीसँग निकै रिसाएका छन् । केहीले त उनले जानी जानी प्रियंकाको नाम गलत उच्चारण गरेको पनि भनिरहेका छन् ।
प्रियंका छिट्टै हलिउड फिल्म ‘हेड अफ स्टेट’मा देखिँदैछिन् । प्रियंकाबाहेक यो फिल्ममा इदरिस एल्बा, जोन सिना र ज्याक क्विड लगायत हलिउड स्टारहरू पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण