सहकारी प्रकरण
बालुवाटारमा जुटेन दलहरूबिच सहमति
शुक्रबार, ११ जेठ २०८१, १८ : ०९

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुट्न सकेन । शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।
यद्यपि बैठक सकारात्मक भएकाे नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । उनले भने,‘सहकारीबाट ठगी भएको विषयमा छानबिन कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरिरहनुभएको छ । त्यसका विषयमा छलफल भयो । छलफल आज सकरामतक भएको छ । समिति बनाउने तर्फ सबैको जोडबल छ र सकारात्मक नै छ ।’
नेता लेखकले बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिव्यक्ति र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रकाउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको बताए ।
बैठकबाट कांग्रेस बाहिरिएपछि सत्ता पक्षको बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू