कान्समा पहिलो पटक भारतीय फिल्मलाई ग्रान्ड प्रिक्स अवार्ड

नयाँ दिल्ली । कान्समा पहिलो पटक भारतीय फिल्मले ग्रान्ड प्रिक्स अवार्ड पाएको छ ।
शनिवार आयोजित ७७ औँ कान्स फिल्म फेस्टिभलमा निर्देशक पायल कपाडियाको फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड पाएको हो ।
पायलको मलायालम–हिन्दी भाषाको ‘अल वी इमाजिन इज लाइट’ले ग्राण्ड प्रिक्स अवार्ड पाएको हो । यो अवार्ड पाउने पायल पहिलो भारतीय निर्देशक हुन् । कान्सको मुख्य प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने यो ३० वर्षयताकै पहिलो भारतीय फिल्म पनि थियो । यो फिल्म तीन महिलाको मित्रता वरिपरि घुमेको छ ।
फिल्म मे २३ मा कान्सको सबैभन्दा प्रतिष्ठित श्रेणी पाल्मे डी’ओर अन्तर्गत प्रिमियर गरिएको थियो । ३० वर्षयता पहिलो पटक यो श्रेणीमा कुनै भारतीय फिल्म छनोट भएको हो ।
कान्समा भारतीय फिल्मको प्रिमियर गरेकोमा आभार व्यक्त गर्दै पायलले अर्को भारतीय फिल्मका लागि ३० वर्ष नकुर्न अनुरोध पनि गरेकी थिइन् । यसअघि सन् १९९४ मा शाजी एन खरुनको ‘स्वाहम’ यस विधामा मनोनीत भएको थियो । यस पटकको कान्समा भारतको पोल्टामा ४ ओटा अवार्ड परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र