कान्समा पहिलो पटक भारतीय फिल्मलाई ग्रान्ड प्रिक्स अवार्ड
नयाँ दिल्ली । कान्समा पहिलो पटक भारतीय फिल्मले ग्रान्ड प्रिक्स अवार्ड पाएको छ ।
शनिवार आयोजित ७७ औँ कान्स फिल्म फेस्टिभलमा निर्देशक पायल कपाडियाको फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड पाएको हो ।
पायलको मलायालम–हिन्दी भाषाको ‘अल वी इमाजिन इज लाइट’ले ग्राण्ड प्रिक्स अवार्ड पाएको हो । यो अवार्ड पाउने पायल पहिलो भारतीय निर्देशक हुन् । कान्सको मुख्य प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने यो ३० वर्षयताकै पहिलो भारतीय फिल्म पनि थियो । यो फिल्म तीन महिलाको मित्रता वरिपरि घुमेको छ ।
फिल्म मे २३ मा कान्सको सबैभन्दा प्रतिष्ठित श्रेणी पाल्मे डी’ओर अन्तर्गत प्रिमियर गरिएको थियो । ३० वर्षयता पहिलो पटक यो श्रेणीमा कुनै भारतीय फिल्म छनोट भएको हो ।
कान्समा भारतीय फिल्मको प्रिमियर गरेकोमा आभार व्यक्त गर्दै पायलले अर्को भारतीय फिल्मका लागि ३० वर्ष नकुर्न अनुरोध पनि गरेकी थिइन् । यसअघि सन् १९९४ मा शाजी एन खरुनको ‘स्वाहम’ यस विधामा मनोनीत भएको थियो । यस पटकको कान्समा भारतको पोल्टामा ४ ओटा अवार्ड परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण