भारतमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
आइतबार, १३ जेठ २०८१, १३ : ४२
उत्तर प्रदेश । उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा थप १० जना घाइते समेत भएका छन् ।
प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको थियो । शाह जहानपुरका एसएसपी अशोक कुमार मीनाका अनुसार बसमा ट्रक ठोक्किँदा बसमा सवार धेरैजना फसेका थिए ।
एसएसपीका अनुसार बसमा श्रद्धालुहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा नै बसिरहेका थिए । त्यति नै बेला गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बसमा ठोक्किएको थियो ।
घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा हुन् । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण