भारतमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
आइतबार, १३ जेठ २०८१, १३ : ४२

उत्तर प्रदेश । उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा थप १० जना घाइते समेत भएका छन् ।
प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको थियो । शाह जहानपुरका एसएसपी अशोक कुमार मीनाका अनुसार बसमा ट्रक ठोक्किँदा बसमा सवार धेरैजना फसेका थिए ।
एसएसपीका अनुसार बसमा श्रद्धालुहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा नै बसिरहेका थिए । त्यति नै बेला गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बसमा ठोक्किएको थियो ।
घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा हुन् । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु