सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
आर्थिक सर्वेक्षण

फागुनसम्ममा ४९ खर्ब ९६ अर्ब ऋण परिचालन, २० प्रतिशत व्यापार क्षेत्रमा

आइतबार, १३ जेठ २०८१, १६ : २३
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैंकहरुले संकलन गरेको निक्षेप र कर्जा लगानीको अन्तर ठुलो देखिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७.६ प्रतिशतले वृद्धि भई ६१ खर्ब ४५ अर्ब ८८ करोड पुगेकोमा सोही अवधिमा यता कर्जा लगानी जम्मा ४.२ प्रतिशतले मात्र वृद्धि भई ४९ खर्ब ९६ अर्ब ५३ करोड रुपैयाँ हाराहारी पुगेको सरकारले जनाएको छ । 

अघिल्लो वर्षको यसै अवधिमा निक्षेप वृद्धिदर ५.५ प्रतिशत रहँदा कर्जा लगानीको वृद्धि २.८ प्रतिशत रहेको थियो ।

तथापि, २०८० फागुनसम्मको कुल निक्षेपको स्थिति हेर्दा मुद्दती निक्षेपको हिस्सा ५८.७ प्रतिशत रहेकोमा बचत निक्षेप २८.० प्रतिशत, चल्ती निक्षेप ६.५ प्रतिशत र अन्य निक्षेपको अंश ६.८ प्रतिशत रहेको सरकारले जनाएको छ ।

यसैगरी कर्जा लगानीतर्फ कूल प्रवाहित कर्जा मध्ये थोक तथा खुद्रा व्यापारतर्फको अंश २०.० प्रतिशत रहेको सरकारले जनाएको छ । यस्तै, उपभोग्य कर्जाको अंश १९.३ प्रतिशत र औद्योगिक उत्पादनमा प्रवाहित कर्जाको अंश १६.१ प्रतिशत रहेको सरकारले जनाएको छ ।

यता सेवा उद्योगमा प्रवाहित कर्जाको अंश ८.४ प्रतिशत, कृषि कर्जाको अंश ८.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा प्रवाहित कर्जाको अंश ७.५ प्रतिशत र निर्माण क्षेत्रमा प्रवाहित कर्जाको अंश ४.२ प्रतिशत रहेको सरकारले आर्थिक सर्वेक्षण, २०८१ मार्फत सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप