सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

१५ लाख मुनिका योजना कार्यान्वयन गर्न माग गर्दै कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

आइतबार, १३ जेठ २०८१, १६ : ३९
आइतबार, १३ जेठ २०८१

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।  आइतबार बसेको बजेट अधिवेशनको तेस्रो बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।  रातो किताबमा उल्लेखित भई सभाबाट पारित भएका १५ लाख मुनिका योजनाहरू अहिले कार्यान्वयन नगरी रोकिएको भन्दै बैठक अवरुद्ध गरेको हो ।

०८० असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग १५ लाख मुनिका योजनाहरू कार्यान्वयन नगर्ने भनेर सम्झौता भएको थियो । तर, अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको छ । रातो किताबमा पनि आई संसद्बाट पारित भएका ५७४ वटा योजनाहरू अहिले अलपत्र अवस्थामा छन् । 

यसअघि मन्त्रिपरिषद्ले १० लाखका योजनालाई १५ लाख पुर्याइ कार्यान्वयन गर्ने र सडक र भवनतर्फका ३० लाख पुरयाई कार्यान्वयन गर्ने भनिएको थियो । तर, मुख्यमन्त्रीको रूपमा यामलाल कँडेल आएसँगै ती योजनाहरू कार्यान्वयन नगर्ने भनेपछि कांग्रेसले योजना जसरी हुन्छ कार्यान्वयन गर्नुपर्ने बताइरहेको छ । 

कांग्रेस सांसद सुरेश अधिकारी र प्रमुख सचेतक हिक्मत विष्टले ती योजना कार्यान्वयन गर्नुपर्ने बताउँदै संसद् अवरुद्ध गरेको हो । 

सभामुख नन्दा गुरुङले सभा सञ्चालनमा सहयोग गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि कांग्रेसले सभा अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप