डेङ्गुबाट ३३ जनाको मृत्यु
सोमबार, १४ जेठ २०८१, ११ : ०६

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ।
चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार ६ सय २८ सङ्क्रमित भएकोमा ३३ व्यक्तिको मृत्यु भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा डेङ्गुबाट कुल ५४ हजार ५ सय ६१ सङ्क्रमित भएकोमा ८८ व्यक्तिको मृत्यु भएको थियो ।
यस अवधिमा डेङ्गु नियन्त्रण तथा रोकथामका लागि बहु–निकाय तथा बहु सहकार्य सचेतनामूलक कार्यक्रम सञ्चालन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षण अनुसार ५ सय स्वास्थ्यकर्मीले डेङ्गु रोकथाम तथा जनचेतना अभिवृद्धिसम्बन्धी अभिमुखीकरण तालिम प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा दुई मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
-
गभर्नर टुङ्गिएसँगै सेलायो सरकार ढल्ने चर्चा
-
सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार, तस्बिरहरू
-
विश्व पौडेल : चुनावमा पराजित, गभर्नरमा ‘विजयी’
-
राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त
-
गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस, अरू को-को ?