डेङ्गुबाट ३३ जनाको मृत्यु
सोमबार, १४ जेठ २०८१, ११ : ०६
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ।
चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार ६ सय २८ सङ्क्रमित भएकोमा ३३ व्यक्तिको मृत्यु भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा डेङ्गुबाट कुल ५४ हजार ५ सय ६१ सङ्क्रमित भएकोमा ८८ व्यक्तिको मृत्यु भएको थियो ।
यस अवधिमा डेङ्गु नियन्त्रण तथा रोकथामका लागि बहु–निकाय तथा बहु सहकार्य सचेतनामूलक कार्यक्रम सञ्चालन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षण अनुसार ५ सय स्वास्थ्यकर्मीले डेङ्गु रोकथाम तथा जनचेतना अभिवृद्धिसम्बन्धी अभिमुखीकरण तालिम प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण