सवारी चालक अनुमतिपत्र प्रदेशमा छापिने
सोमबार, १४ जेठ २०८१, १६ : ३०

मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यातायात कार्यालयको सेवालाई प्रविधि मैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने उनले बताए ।
उनका अनुसार सार्वजनिक यातायात क्षेत्रमा नगदरहित भुक्तानी सेवा सञ्चालन गरिने छ । प्रदेशभित्र औपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई सामाजिक सुरक्षामा आबद्ध गराइने उनको भनाइ छ ।