४ बुँदे सहमतिसँगै संसद्को गतिरोध मंगलबारदेखि हट्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलले उठाउँदै आएको सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको कार्यदेश (टीओआर) मा सहमति जुटेसँगै संसद्को गतिरोध पनि हट्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सहकारी छानबिन समितिको कार्यदेशमा ४ बुँदे सहमति जुटेको हो । कार्यदल सदस्यहरूले हस्ताक्षर गरिसकेको कार्यदेशमा समस्याग्रस्त सहकारीको छानबिन र अनुसन्धान तथा त्यस्ता सहकारीमा जोडिएका व्यक्तिका हकमा समेत छानबिन गर्ने विषय समेटिएको बताइएको छ । कार्यदलमा सहमति जुटेसँगै ७ सदस्यीय समिति गठन गर्ने तयारी छ । मंगलबार बस्ने संसद् बैठकमा समितिको घोषणा गर्ने तयारी दलहरूको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरी संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।
कांग्रेसले गत चैत २ गतेदेखि संसद् अवरोध गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण