बोर्डले धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव गर्ने
बुधबार, १६ जेठ २०८१, १४ : १३
काठमाडौँ । चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा ‘दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१’ आयोजन गर्ने भएको छ ।
बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।
प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार ‘दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१’ का बालबालिका एवं वयस्कहरूले निर्माण गरेका बालचलचित्रहरुको प्रदर्शन तथा प्रतिस्पर्धा गराइनेछ । महोत्सवमा प्रदर्शन गरिने बाल चलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीहरूलाई आह्वान गरेको संयोजक बुढाथोकीले बताए ।
महोत्सव २०८१ मा बाल चलचित्रको प्रदर्शन, अन्तरक्रिया, सिने संवाद, फोटो एवं बाल पुस्तक प्रदर्शनी, झाँकी, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण