बोर्डले धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव गर्ने
बुधबार, १६ जेठ २०८१, १४ : १३
_6xUAbdCf8F.jpg)
काठमाडौँ । चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा ‘दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१’ आयोजन गर्ने भएको छ ।
बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।
प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार ‘दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१’ का बालबालिका एवं वयस्कहरूले निर्माण गरेका बालचलचित्रहरुको प्रदर्शन तथा प्रतिस्पर्धा गराइनेछ । महोत्सवमा प्रदर्शन गरिने बाल चलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीहरूलाई आह्वान गरेको संयोजक बुढाथोकीले बताए ।
महोत्सव २०८१ मा बाल चलचित्रको प्रदर्शन, अन्तरक्रिया, सिने संवाद, फोटो एवं बाल पुस्तक प्रदर्शनी, झाँकी, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी
-
ललितपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
-
बुहारीको हत्या गरेको अभियोगमा पक्राउ
-
झापा र इलाममा जबरजस्ती करणी, दुई जना पक्राउ