पद्मकन्या क्याम्पसमा मङ्गलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना
काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पसमा मङ्गलादेवी सिंह फाउन्डेसनले ५ लाख राशिको अक्षय कोष स्थापना गरेको छ । फाउन्डेसनको तर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशिको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन् । पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकोष स्थापना गरिएको हो ।
पद्मकन्या क्याम्पसको राजनीति शास्त्रका विद्यार्थीका लागि । एम.ए.र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ । क्याम्पस प्रमुख प्रा.डा.जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन् । उनले पद्मकन्या स्थापनामा समेत मङ्गलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
फाउन्डेसनको तर्फबाट बोल्दै नेतृ सिंहले नेपालको राजनीतिमा मंगलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । महिलाहरूका लागि छुट्टै विद्यालय र क्याम्पस स्थापनाका लागि मङ्गलादेवी सिंहले गरेको सङ्घर्षको चर्चा गरेकी थिइन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम र राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले अक्षयकोषको स्थापनाले गरिब, जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण