अझै सामन्ती अवशेष र पितृसत्ता हाबी छ : अष्टलक्ष्मी शाक्य
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलाहरूलाई जिम्मेवारी, अधिकार र नेतृत्व दिने सवाल ओझेलमा परेको बताएकी छन् ।
बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी भएकाले महिलाका सवालहरू ओझेलमा बताएकी हुन् ।
‘महिलाका सवालमा पछिल्लो संविधानले धेरै अधिकारहरू सुरक्षित गरेको छ । तरपनि संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत सामन्ती अवशेष र पितृसत्ता हाबी नै छ’, उनले भनिन्, ‘अझै महिलाको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने जरुरी छ तर आत्तिनुपर्ने छैन । किन भने हाम्रै साथमा नेकपा एमाले छ ।’
उपाध्यक्ष शाक्यले समानुपातिक कोटा महिलाका लागि भएकाले प्रत्यक्षमा टिकट दिन सकिँदैन भन्ने सामन्ती र पितृसत्तात्मक चिन्तनका कारण महिलाहरू जनताका बिचमा नेतृत्वको पहिचान बनाउन चुनौती देखा परेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण