पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने
बुधबार, १६ जेठ २०८१, १७ : ३७

काठमाडौँ । राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८.३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिँदै गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।”
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन (तस्बिरहरू)
-
मन्त्रीको निर्देशनमा रोकिएको श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण
-
बागमती प्रदेशस्तरीय स्पोटर्स अवार्ड जेठमा हुने
-
अमेरिकासँग सम्भावित व्यापार वार्ताको मूल्याङ्कन गर्दै छ चीन
-
तनावपूर्ण वातावरणमा डिप्रेसनबाट यसरी रहनुस् टाढा
-
‘झिल्को’ रिलिज, कति छ शो ?