कोशी प्रदेश टी– १० क्रिकेट : तीन खेलमा एनबीएससीको दुई जित, एक हार
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले लगातार दुई जित हात पारेको हो । जितसँगै एनबीएससीले चार अंक जोडेको छ ।
पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एनबीएससीको जितको लागि सन्तोष कार्कीले आक्रामक ब्याटिङ गरे । उनले २० बलमा अविजित ४१ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे । अतहर अन्सारी ७ बलमा १८ रनको योगदान गर्दा मनिष थापाले १० बलमा १८ रन बनाए । भीम सार्कीले ७ रन जोडे ।
पूर्वाञ्चलका बलर विकासले २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन मात्रै बनायो । जसमा विकास लोहियाले ११ बलमा २१ रन बनाए । अंकित सुवेदीले १२ र शरद भेषावकरले ९ बलमा १० रन बनाए ।
एनबीएससीका बलर प्रशान्त सिंह राजपूतले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । मयङ्क कुमारले २ र फिरोद अन्सारीले १ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।
एनबीएससीले अहिलेसम्म तीन खेल खेलेको मध्ये दोस्रो दिनको खेलमा वाइआरसीसी विराटसँग ६ विकेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण