लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
बिहीबार, १७ जेठ २०८१, १२ : १३
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
जसअनुसार स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फाका ५७ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रमेश कुमार बन्जाराको नेतृत्वमा बुधवार मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
यस्तै, उक्त मिसनमा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरू पनि प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा बिहीबार स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण