लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
बिहीबार, १७ जेठ २०८१, १२ : १३

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
जसअनुसार स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फाका ५७ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रमेश कुमार बन्जाराको नेतृत्वमा बुधवार मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
यस्तै, उक्त मिसनमा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरू पनि प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा बिहीबार स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की