श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय होइन : श्रममन्त्री
विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दुःखद विषय भएको बताएका छन् । मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को विराटनगरमा बिहीबार आयोजित उद्घाटन समारोहमा मन्त्री अर्यालले श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य परिवर्तन गर्न पनि श्रमाधान रोजगार मेला फलदायी हुने विश्वास व्यक्त गरे ।
‘युवालाई विदेश पठाउन घर घर, गल्ली गल्ली गएर खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘तर आन्तरिक रोजगारीका लागि कतैबाट खासै पहल भएको पाइँदैन, हामीले यसमा परिवर्तन ल्याउन जरुरी छ, मेला यसको सुरुवात बन्ने विश्वास छ ।’
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न केहीअघि श्रमाधान कल सेन्टरको स्थापना गरेको र त्यसले प्रभावकारी ढंगले काम गरिरहेको उनले जानकारी गराए । कुनै बजेट नै नभएको अवस्थामा श्रमाधान रोजगार मेला सुरु गरेको र आगामी वर्षहरूमा यसलाई थप विस्तार गरेर लैजाने मन्त्री अर्यालले बताए ।
‘मेलाले कतिलाई रोजगारी दिन्छ भन्ने होइन, केही न केही सुरुवात गरौँ भनेर हो,’ उनले भने, ‘आगामी वर्ष यसलाई निकै व्यवस्थित गरेर लैजान्छौँ ।’ कार्यक्रम गर्नु मात्र ठुलो कुरा नभएको र त्यसको परिणाम ठुलो कुरा भएको उनले स्पष्ट पारे । ‘हाम्रो लक्ष्य परिणाम नै हो । इभेन्ट ठुलो कुरा होइन,’ मन्त्री अर्यालले भने ।
सामाजिक सुरक्षा कोषलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्नेमा पनि मन्त्रालय विशेष केन्द्रित भएको रहेको उनले जानकारी दिए । कार्यक्रममा उनले यहाँका उद्योग व्यवसायमा किन नेपाली युवाभन्दा बढी विदेशी कामदार भेटिन्छन् ? भन्ने कुराको खोजी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण