आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय

यो उमेरमा पिता बन्नु मुटुका लागि हुन्छ खतरनाक

बिहीबार, १७ जेठ २०८१, १७ : २३
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । माता पिता बन्नु सुखद अनुभूति हो । महिलाले कुन उमेरमा सन्तान जन्माउनु राम्रो हुन्छ अनि कुन उमेरमा घातक हुन्छ भनेर हामी बारम्बार चर्चा परिचर्चा गर्छौ ।

 तर पुरुष कुन उमेरमा पिता बन्नु श्रेयकर हुन्छ भन्नेबारे खासै चर्चा हुने गरेको पाइन्न । उमेर छँदै सारा व्यवहार सकिन्छ भन्ने सोचका कारण कतिपय पुरुष सानै उमेरमा पिता बन्न चाहन्छन् । केहीले चाहिँ ३० वर्षपछि बाबु बन्नु राम्रो हो भन्ने सोच्छन् । कम उमेरमा पिताको जिम्मेवारी निर्वाह गर्नु निकै चुनौतीपूर्ण पनि हुन्छ ।

हालै भएको एक अध्ययनले पिता बन्ने उमेरबारे स्तब्धकारी खुलासा गरेको छ । सानै उमेरमा बुबा बन्दा अन्यको तुलनामा छिट्टै मुटुको स्वास्थ्य बिग्रने अध्ययनले देखाएको छ । यसका पछाडि वैज्ञानिकहरूले कयौँ कारण पनि दिएका छन् । अध्ययनमा पिता बन्नका लागि उपयुक्त उमेर पनि उल्लेख गरिएको छ । सन्तान नभएका पुरुषका तुलनामा सन्तानको पिता भइसकेका पुरुषको मुटुको स्वास्थ्य खराब हुनसक्ने न्यूयोर्क पोस्टको रिपोर्टले नर्थवेस्टर्न युनिभर्सिटी र एन एन्ड रोबर्ट एच लुरी चिल्ड्रेन हस्पिटलका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनलाई उद्धृत गर्दै समाचार छापेको छ ।

अनुसन्धानमा ४५ देखि ८५ वर्ष उमेरका २ हजार ८१४ पुरुषलाई समावेश गरिएको थियो । यसमा २५ वर्ष नपुग्दै पिता बनेका पुरुषको मुटुको स्वास्थ्य अन्य उमेरका बुबाको भन्दा बढी खराब हुन सक्ने देखिएको छ । यस्तो विशेष गरी स्पेनिस र काला जातिका मानिसहरूमा पाइएको थियो ।

वैज्ञानिकहरूले बताए अचम्मित पार्ने कारण

अनुसन्धानकर्ता वैज्ञानिकहरूका अनुसार सानै उमेरमा बुबा बन्दा जीवनशैलीमा धेरै परिवर्तन आउने भएकोले यसले मुटुको स्वास्थ्यमा नराम्रो असर गरेको हो । मातापिता बनेसँगै आउने तनावका कारण पुरुषहरू आहार वा व्यायामबाट स्वस्थ जीवनशैली कायम राखिराख्न गाह्रो हुन्छ । उनीहरूको अधिकांश समय बच्चाको हेरचाहमा खर्च हुन्छ, जसले उनीहरूको स्वास्थ्यलाई सिधै असर गर्छ । यसका कारण मुटुसँग सम्बन्धित समस्याको जोखिम बढ्न सक्छ ।

२५ वर्ष भन्दा पहिले पहिलो सन्तान जन्मिएका पुरुषहरूको स्वास्थ्यमा सबैभन्दा खराब असर गर्नुको साथै उनीहरूको मृत्यु दर पनि उच्च पाइएको थियो । २५ वर्ष भन्दा कम उमेरमा व्यक्ति आर्थिक रूपमा बलियो भइसकेको हुँदैन । परिपक्वता आइसकेको हुन्न । सीमित बिदा अनि कमाइले  पनि स्वास्थ्यमा नराम्रो असर गर्ने गरेको पाइएको छ । यी सबै कारकले स्वास्थ्यमा ध्यान दिन गाह्रो हुन्छ । तर यस अनुसन्धानको निष्कर्षमा थप अनुसन्धान आवश्यक रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप