गर्मी बढेपछि एक हप्ताका लागि विद्यालय बन्द
बिहीबार, १७ जेठ २०८१, १९ : ४६
रुपन्देही । भैरहवामा अत्यधिक गर्मी बढेपछि सिद्धार्थनगर नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै जेठ १८ देखि २५ गतेसम्मका लागि नगरभित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जनाएको छ । गर्मी बढेपछि विद्यार्थी बिरामी हुन थालेपछि हिउँदे बिदाबाट कट्टा हुने गरी बिदा दिइएका विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाभित्र १७ सामुदायिक, १४ धार्मिक र ४१ संस्थागत विद्यालय सञ्चालनमा छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण