हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व
तनहुँ । हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् ।
हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए । व्यास–१० बैरेनी, व्यास–७ कलेस्ती, व्यास–१२ छिर्कन र व्यास–१३ पोखरी भञ्ज्याङलगायतका स्थानमा विद्युत् सेवा अवरोध भएको उनले बताए ।
यसैगरी, व्यास–११ बेल्टारीमा चारवटा विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरूद्ध भएको छ । “हुरीबतासले ठूला रुखसमेत ढालेका कारण सडक अवरुद्व भएको छ । राति १० बजेसम्म आठ–दश जनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन”, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण