‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा
काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर १० गते बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । पहिलो साता सुखद व्यवसाय गर्दै फिल्म बिहीबारबाट दोस्रो सातामा प्रवेश गरेको हो ।
फिल्मको कलेक्सन कति रह्यो भनेर दुवै फिल्मका वितरकले सार्वजनिक गरेका छैनन् । ‘फर्की फर्की’ वितरक गोविन्द शाहीले फिल्मले राम्रो व्यवसाय गरेको बताए पनि कति गर्यो भनेर अहिले भन्न चाहेनन् ।
यता ‘पूजार सार्की’ का वितरक रोहित कट्टेल पनि फिल्मको बक्स अफिस केही दिनमा मात्र सार्वजनिक गर्ने बताउँछन् । दुवै फिल्मले दोस्रो साता पनि राम्रो शो पाएको छ । ‘फर्की फर्की’ अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म हो ।
सुयोग गुरूङकोे लेखन एवं निर्देशन रहेको फिल्म रोहित अधिकारी र ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् । ‘टाइम लुप’ कथामा बनेको फिल्ममा लभस्टोरी पनि छ ।
‘पूजार सार्की’ आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू अभिनित फिल्म हो । दिनेश राउत निर्देशित फिल्म विकास सुवेदीले लेखेका हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् । फिल्म जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने सङ्घर्ष कथामा बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण