अभ्यास खेलमा श्रीलङ्का र अफगानिस्तान विजयी
काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलङ्का विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलङ्काले आयरल्यान्डलाई ४१ रनले पराजित गरेको हो ।
श्रीलङ्काले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । आयरल्यान्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ३२ रनको नटआउट पारि खेल्दा कप्तान वानेन्दू हसरंगाले २६ रन जोडे ।
त्यसैगरी पथुम निसनकाले २२ रन बनाउँदा दासुन सनकाले २३ रन बनाए । यसैगरी सदिरा समरविक्रमा र कुसल मेन्डिसले १३–१३ रन जोडेका थिए । आयरल्याण्डका जोस लिटल र बेरी म्याकार्थीले दुई दुई विकेट लिए ।
जवाफमा मध्यम सुरुआत गरेको आयरल्याण्डले जित भने निकाल्न सकेन । आयरल्याण्डका लागि कर्टिस कामफरले २६ रन बनाउँदा कप्तानपौल स्र्टलिङले २१ रन जोडे ।
त्यसैगरी जर्ज डर्केलले १७ रन बनाउँदा एन्डी बालवर्नीले १६ रन बनाएका थिए । हेरि टेक्टरले १३ तथा लोरकन टकरले ११ रन बनाए ।
आयरल्यान्डलाई रोक्ने क्रमका श्रीलङ्काका दसुन सनकाले ३.२ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिँदा महिसा तिक्षणा र वानेन्दू हसरंगाले दुई दुई विकेट लिए ।
टी २० विश्वकप आइतबारदेखि सुरु हुँदै छ । श्रीलङ्का समूह डीमा रहेको छ भने आयरल्याण्ड समूह एमा रहेको छ ।
यस्तै, अर्को अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई ५५ रनले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण