फोटोफिचर
प्यालेस्टिनीमाथिको नरसंहार अन्त्य गर्न माग, तस्बिरहरू
शनिबार, १९ जेठ २०८१, १९ : १९

काठमाडौँ । इजरायलले गाजा पट्टीमा गरेको सैन्य कारबाहीमा मारिएका प्यालेस्टिनी नागरिकहरूको सम्झनामा शनिबार काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा उनीहरूले गाजामा भइरहेको नरसंहार अन्त्य गर्नसमेत माग गरेका हुन् ।
गत अक्टोबरमा हमास लडाकुहरूले सीमा पार गएर इजरायलमा आक्रमण गरेका थिए । जसमा १२ सय मानिसहरू मारिए । उनीहरूले गाजामा २ सय ५२ जना मानिसहरूलाई बन्धक बनाएका थिए ।
त्यस लगत्तै इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा द्वन्द्व सुरु भएदेखि अहिलेसम्म ३६ हजार मानिस मारिएका छन्। मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या