ओलम्पिक छनोट : अन्जनी तेली पराजित
काठमाडौँ । नेपाली मुक्केबाज अन्जनी तेली बक्सिङ रोड टु पेरिस भन्ने मूल नाराका साथ थाइल्याण्डको राजधानी बैंककमा जारी दोस्रो तथा अन्तिम ओलम्पिक क्वालिफाइङ खेलमा पराजित भएकी छिन् ।
महिला ५४ के.जी. तौल समूह अन्तर्गत प्रारम्भिक – राउन्ड ३२ मा हङ्कङ्की मुक्केबाज अउ यिन विनीलाई ५ः० अङ्कको आधारमा पराजित गरी राउन्ड १६ को खेल खेलेकी तेली मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिकसँग २७–३० अङ्कको आधारमा पराजित भएकी हुन् ।
नेपाली मुक्केबाज अन्जनी तेली गत वर्ष मित्र राष्ट्र भारतमा सम्पन्न आईबीए विश्व बक्सिङमा ५४ केजी तौल समूहमा दुई बाउट जित्दै आईबीए महिला विश्व बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेकी बक्सर हुन् । उनी विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको पहिलो क्वाटरफाइनलमा पुग्ने खेलाडी हुन् ।
तेली गत वर्ष सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता र बागमती प्रदेशको आयोजनामा चितवन भरतपुरमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय बक्सिङ प्रतियोगितामा प्रथम हुन सफल भएकी थिइन् । सोही आधारमा उनी उक्त ओलम्पिक क्वालिफाइङमा नेपाल बक्सिङ महासंघले छनोट गरेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले बताएका छन् ।
नेपाली मुक्केबाज तेलीलाई पराजित गर्दै राउन्ड ८ मा पुग्न सफल मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिक जुनियर र युथ युरोपियन बक्सिङ च्याम्पियनसिपमा ४ पटक च्याम्पियन बनेकी थिइन् भने २०२२ मा सम्पन्न युरोपेली महिला बक्सिङ च्याम्पियनसिपमा उपविजेता बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण