एडुक्रोप र टिम दिव्यलाई उपाधि
काठमाडौँ । एडुक्रोप र टिम दिब्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एडुक्रोप ब्वाइज तथा दिव्य गर्ल्समा च्याम्पियन बने ।
सिनामंगलस्थित एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा ब्वाइजको रोमाञ्चक फाइनलमा एडुक्रोपले ग्रिनफिल्डलाई २२–२० ले पराजित गर्यो । खेल अतिरिक्त समयमा लम्किएको थियो । निर्धारित समयको खेल २०–२० को बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पहिले २ स्कोर गर्ने टिम विजयी हुने नियम छ । अतिरिक्त समयमा एडुक्रोपका सन्देश खड्का र काल्साङ शेर्पाले समान १–१ स्कोर गर्दै एडुक्रोपका उपाधि सुनिश्चित गरे । सर्वाधिक स्कोर भने एडुक्रोपकै उर्गेन लामाको नाममा रह्यो । उनले १४ अङ्क जोडे ।
गर्ल्सको उपाधि भिडन्तमा टिम दिब्यले बलर्स एकेडेमीलाई ८–५ ले हरायो । विजयी टिमका लागि विनामनी योञ्जनले ४ स्कोर गरिन् । ब्वाइज/गर्ल्स दुवैमा पहिलो हुनेले १५ हजार र दोस्रोले १० हजार नगद पुरस्कार हात पारे ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय उर्गेन र विनामनी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले बुद्ध एयरको माउन्टेन फ्लाइट र झमेल बिट्सको ३ हजार बराबरको कुपन प्राप्त गरे ।
विजेतालाई एसका कार्यकारी निर्देशक डा. आशिष तिवारी र प्रोग्राम म्यानेजर कौशलराज पौडेलले एक कार्यक्रमबिच पुरस्कृत गरे । तीन दिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १६ टिमको सहभागिता रहेको एसका प्रशासकीय अधिकृत आशिष न्यौपानेले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण