दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी, ११ राउन्ड अश्रुग्याँस प्रहार
आइतबार, २० जेठ २०८१, ११ : ३४
बुटवल । स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीस्थित मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार आफ्ना माग पूरा नभएको भन्दै मोही पीडित किसानहरूले मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सरकारले पटक–पटक आफूहरूसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए ।
मालपोत र नापी कार्यालयलाई आन्दोलनकारीहरूले घेरेपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले १० राउन्ड अश्रुग्याँस प्रहार भएको राताेपाटीलाई बताए । अहिले स्थिति नियन्त्रणमा आइसकेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण