सिंहदरबार र संसदमा सबैलाई समान व्यवहार हुनुपर्छ : सांसद न्यौपाने
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसद् र सिंहदरबारमा सबैलाई समान व्यवहार हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सांसद र जनतालाई संसद् भवन र सिंहदरबारमा फरक व्यवहार भएको बताइन् ।
‘दूर दराजका जनताहरू काठमाडौँ आउन पनि गाह्रो हुन्छ । काठमाडौँ आएका जनताहरू संसद् भवन हेर्न चाहन्छन् । संसद् भवनमा आएर माथि (बालकुनी) जान लाग्दा रोकिन्छ । कारण के रहेछ भनेर मैले साध्दा ‘खुट्टामा चप्पल लगाएका छन् । त्यसैले रोकियो’ । माथि जान पाइँदैन भनिन्छ,’ उनी भन्छिन् ।
सांसदलाई चप्पल लगाएर संसद्को बैठकमा सहभागी हुन छुट भएपनि जनतालाई चप्पल लगाएको भन्दै कालकुनीमा रोक्नु राम्रो नभएको उनको भनाइ थियो । ‘सरकारको नियम होला भनेर म मौन बसे । मैले संसदमा पुरुष माननीयको खुट्टामा हेर्दा चप्पल देखेँ । हामीलाई सबै छुट । जनतालाई बन्देज । नियम बनाउने हामी माननीयले जस्तो लगाएर आएपनि भयो । बिचारा जनताहरू चप्पल लगाएर संसद्को बालकुनीमा जान नापाउने ? सिंहदबारमा हाफ पाइन्ट लगाएर छिर्न नपाउने ?,’ उनको प्रश्न छ ।
सांसद न्यौपानले आफू चढेको मोटरसाइकलको चालकले हाफ पाइन्ट लगाएको भन्दै सिंहदरबारमा रोकेको विषयमा पनि प्रश्न उठाएकी छन् । ‘अस्ति एउटा घटना खट्यो । म सिंहदरबारमा एउटा भाइको बाइक लिएर जाँदै थिएँ । मैले मेरो आइडी पनि देखाएँ । भित्र गएँ । तर प्रहरी दगुरीकन मेरो पछाडि आयो । मैले बाइक रोक्न लगाएँ,’ उनले भनिन् ।
सिंहदरबारमा हाफ पाइन्ट लगाएको मान्छेलाई प्रवेश गर्न नदिनुको कारणबारे सरकारको जवाफ चाहिएको न्यौपानेले बताइन् । ‘पछि मैले सोधे किन यसरी दगुरिराख्नु भएको छ ? प्रहरीले माननीयजी तपाईँलाई रोकेको होइन त्यो भाइ (बाइक चालक)लाई रोकेको हो । भाइलाई किन रोक्नु भयो भन्दा त्यो भाइले हाफ पाइन्ट लगाएको छ । जान सिंहदरबारभित्र पाउँदैन भन्ने जवाफ आयो । यसको कारण के हो सभामुखमार्फत सरकारको जवाफ चाहन्छ,’ उनी भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण